दशैँ मनाउन आउनेमा कोरोना, जोखिममा गाउँ



दशैँ मनाउन भारतबाट आएका युवामा कोरोना सङ्क्रमण देखिएपछि बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा (पर्यटकीय गाउँ) पाँच दिनका लागि पालिकाको प्रवेश नाका बन्द गरिएको छ ।

समूहमा टीका लगाएका ती युवाले दशैंँको टीकाको केही दिन पहिला नै परीक्षणका लागि नमूना दिएका थिए । गाउँभरिका वृद्धवृद्धासमेत जम्मा भएर उनीलगायत सबै गाउँका युवालाई टीका लगाइदिएका थिए । स्वाब दिएर होम क्वारेन्टाइनमा बसेका ती युवा रिपोर्ट नआउँदै वडा कार्यालयलाई कुनै जानकारी नदिई आएकाले गाउँ नै सङ्क्रमणको जोखिममा परेको निष्कर्षसहित बन्द गरिएको धम्जाका वडाध्यक्ष यामबहादुर श्रीसले जानकारी दिनुभयो । स्वाब दिएपछि कुनै लक्षण नदेखिएकाले उनीगाउँमा परिवारसँगै साथीसँगीसँग गाउँघरका खेलकूदलगायतका कार्यक्रममा पनि सहभागी थिए । कोभिड–१९ रोकथाम तथा नियन्त्रण प्रतिकार्य समन्वय समितिको आकस्मिक बैठकले गाउँमा पाँचभन्दा बढी भेटघाट, भेला र आवतजावत गर्न नपाउने निर्णय गरेको श्रीसको भनाइ छ । उहाँका अनुसार, मङ्गलबार साँझ ७ बजेदेखि आगामी कात्तिक १५ गते राति १२ बजे रातिसम्म अत्यावश्यक बाहेकका काममा रोक लगाइएको छ । रासस

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राहुल गान्धी: मानहानी मुद्दामा अधिकतम् सजाय, २४ घन्टामै सांसद पद खारेज

भारतमा बितेका २४ घन्टामा एउटा अदालतको फैसला र तल्लो सदन लोकसभाले गरेका निर्णयले

इँटाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मुत्यु

सिरहा । सिरहामा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मुत्यु भएको छ । अन्य

जातीय छुवाछुत र हिंसाविरुद्ध उभिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन

 सामाजिक सञ्जालमा हामी