गजल – सुजन बस्नेत
बगी जाने उँधौली खोला छेकेर हुन्न रहेछ,
यो मुटुको घाउ हो काली, सेकेर हुन्न रहेछ।।
आमैले त उमेर ढल्क्यो जागिर खानु भनेकै थिए,
आज थाहा पाए बसको ढोका सधैँ टेकेर हुन्न रहेछ।
बिचरा गाउँले ठिटो उसको ठुलो कवि बन्ने सपना,
ठुलो कवि बन्न अलि अलि कविता लेखेर हुन्न रहेछ।
मपाईँ र म ठुलो बाड मान्छे, भन्नेहरू राम्रो सँग सुनुस्,,
ठुलो मान्छे, दुईचार शब्द दिँदै सानालाई हेपेर हुन्न रहेछ।
मलाई थाहा छ आमा, आफू त गरिबको नाति परियो,
हामी गरिबका सन्तानले थौरै मात्र पिडा खेपेर हुन्न रहेछ।।
- सुजन बस्नेत गोरखा