बेस्ट फ्रेन्ड (नजिकको साथी) – सुजन बस्नेत



बेस्ट फ्रेन्ड, अहो! कति फरक छ यो शब्द हामी यो करोडौँको भिडमा आफ्नो छोटो जिन्दगीमा हजारौँ मान्छे सँग भेट हुन्छौ। यो मध्य पनि सयौँ मान्छेहरू हाम्रो जिन्दगीका Black एन्ड White पाना भएर बस्छन् यो सयौँ पाना भित्र पनि हामी उसलाई चुनछौं सबै भन्दा प्यारो, नजिकको मान्छे ” बेस्ट फ्रेन्ड ” बेस्ट फ्रेन्ड स्कुल लाइफमा , कलेज लाइफमा, बसमा कतैबाट कतै यात्रा गर्दा बाटोमा हिँड्दा जहाँसुकै पनि हुन सक्छ। बेस्ट फ्रेन्ड, कोही सँग रिसाएर आएको छ भने उसलाई फकाउने, एक दिन उसले खाना खाएन भने आफुपनि रिसाए जस्तै गरी घुर्की लाएर बस्ने, साथी रोयो भने उसको आँसु पुछ्दै सम्झाउने, उ खुसी छ भने उ सँगै हाँसिदिने यी काम हरेक बेस्ट फ्रेन्डको हुन्छ। अनि उसको जीवनमा घटेको हरेक घटनाहरू आफ्नो जस्तै गरी बुझिदिने बुझाउन सहयोग गर्न उ नै हो बेस्ट फ्रेन्ड त्यसैले त उ हाम्रो जीवनको हिसा बनिदिन्छ। हरेक सम्बन्ध माया र विश्वासको दौरानमा चलिरहेको हुन्छ। मेरो पनि एउटा बेस्ट फ्रेन्ड थियो घरमा थाहै नदिई कहिले कता त कहिले कत जान्थेउ हामी कहिले काहीँ त राति २ बजे सम्म लगातार फोन, मेसेजमा झगडा हुन्थ्यो हाम्रो त कहिले पढाईको बारेमा कुरा गरिन्थ्यो। हामी यति नजिक भएका यिएउ कि एउटा चकलेट सम्म आदा आदा गरेर खान्थेउ, हाम्रो सम्बन्ध यस्तै थियो। यति पवित्र सम्बन्धमा एक दिन घृणाको बडो ठुलो अन्धवेग आँधी र वर्षात यसरी आयो कि जो त्यो जमिनमा भएका सारा धुलो र माटोको कण केही आकाशमा उडाएर लग्यो त केही पानिले बगाएर लग्यो र हाम्रो सम्बन्ध, बाँकी भएका ति गेगर र कङकट जस्तै उजाड बन्यो। उम् मलाई आज पनि याद छ त्यो दिन जुन दिन त्यो साथीले मेरो लागि आफूमा भएको खराब लत सबै एकै पटकमा चट्टै छाडेको थियो। सम्बन्ध यसै गरी बितिरहेको थियो…… अचानक… एक दिन म टाउको दुखेर सुतेको थिए छिट्टै निद्रा को सिकारमा परे छु, राति ११ बजेको रहेछ म बिउँझँदा.. टाउको दुख्न कम भएका ले म उठे र मोबाइल तर्फ एक नजर लगाए.. मोबाइलमा ३२ कल , ५८ मेसेजको नोटिफिकेसन देखे… मेसेज कल सबै सुमिना घिमिरे(बेस्ट फ्रेन्ड) को रहेछ। सबै मेसेज पढे अनि हतार हतार उसलाई फोन गरे… त्यो दिन त फोन पनि रिसाएको रहेछ म सँग सधैँ एकपल्ट मै हेलो भनेर आवाज दिने फोन त्यो दिन हरेक पालि ” तपाईँले सम्पर्क गर्न खोज्नु भएको नम्बर उठेन् कृपया केही समयपछि पुनः डाइल गर्नु होला।” भनेर बारम्बार आग्रह गरिरहेको थियो। मैले फोनले भने झैँ एक एक छिन मा फोन गरिरहे थाहै नपाई ७८ पटक पो गरिसकेछु ७९ पटकमा फोनबाट पटक पटक त्यो सुनी रहँदा हेलो आवाज आय जस्तो लाग्यो मेरो त्यहाँ खुसीको कुनै सिमा नै रहेन। म खुसी हुँदै भने के भयो ??? उसले उताबाट रिसाएको भावमा जवाफ फर्काई, म सङ्ग अहिले ‘समय’ छैन म तिमी सँग पछि कुरा गर्छु। म निराश भए, मेरो खुसीलाई एकै शब्दले घायल पार्‍यो। मैले “समय” भन्दा ठुलो शब्द आजसम्म कहिल्यै देखेको थिइन् यो लेखाइमा मात्र ३ अक्षरमा सीमित छ। समय कसैको राम्रो त कसैको नराम्रो समयले यति छोटो मुहार फेरछ कि बितेका र आउने वालाको फरक छुट्याउन गाह्रो पर्छ। मेरो विचारमा समय कहिले पनि बुझ्न सक्दैनन्। सक्छ भने त्यो उहीँ हो जसको सारा समय सकिसकेको छ। खयर, न त कहिले उसलाई समय मिल्यो, न त मलाई मेरो बेस्ट फ्रेन्ड….. बस एक जबाफ मिल्यो जवाफ यस्तो थियो ‘मलाई अब तिमिसँग समय बिताउन मन छैन।” तिमी चेन्ज भएउ,वाहा फेरि मेरो दुई पलको जिन्दगीलाई चार टुक्रा पर्ने आयो समय । सुमिना भित्रको बदलाव बुझन मलाई यति गाह्रो भयो। सुमिनाले भनेको हरेक कुराहरु त्यो एसिड भन्दा पनि कडा लागेर आउँथ्यो मलाई मन बाट उ हटेकि थिइन् ,तर पनि के नै थियो र अब रातमा आँसु दिनमा आशा बाहेक उ त नयाँ नयाँ साथीहरू सङ्ग रमाइलो गर्दै हाँस्दै समय बिताइरहेको देख्थे मेरो मनमा बस यहीँ एउटा ख्याल आउँथ्यो कुनै बेलाको समयमा मैले पनि उसलाई यसरी नै हसाएको थिए, त्योबेला उसले पनि म सँग समय बिताएकी थिई, यिनै कुराहरु खेलिरहेथे मनमा।

तर मन जति नै सफा किन नहोस् त्यसलाई सही तरिकाले देखाउन सकिएन भने त्यो सफा मन पनि खराब ठहरिन्छ।
दिल त मेरो पनि सफा नै थियो सायद मेरो शब्द फोहोर थियो होला, मन त मेरो पनि अनजान नै थियो सायद मनको कुरा बुझ्ने समय जान भई आएर मलाई नै नराम्रो बनाइदियो।सोचे राम्रो गरे कि नराम्रो, अरे चोट लागेको थियो मलाई मनमा रगत भुल भुल बगिरहेको थियो। टुटी सकेको थियो बेस्ट फ्रेन्ड को साथ उ आउँछे कि भन्ने आशामा मुटु धक धक धड्कि रहेको थियो
तर दुखी भने म भएको थिएन किन कि गुन्डा माफियाहरू ले जब आफ्नो रूप फेर्छन नि तब हजारौँ माफिया पनि आफ्नो गल्तीको अगाडि कम नै पर्छन अनि जब मान्छेले आफ्नो रूप फेर्छन नि त्यो हजारौँ यादहरू पनि त्यो बदलाको अगाडि कम नै देखिन्छन्।
सायद यसैले होला मलाई दुःख नलागेको हुन त उसले यसै पनि फोनमा भनेकी थिई ‘ तिमी हो चाहिँ को ??
उही बेला मलाई लागेको थियो म कोही हैन उसको…
उसको जिन्दगीमा यो समयमा र आउने वाला समयमा अब म कोही होइन।

अन्तमा
सोच फरक होला, माया फरक होला, सम्बन्ध फरक होला, विश्वास फरक होला, बेस्ट फ्रेन्ड फरक होला जब मान्छेको समय बदलिन्छ तब मान्छे पनि आफैँ बदलिन्छ त्यसैले धेरै विश्वास मनको लागि हानि कारक छ।।

कसैको जीवन सङ्ग मेल खान् गएमा यो संयोग मात्र हुनेछ।

– लेखक: सुजन बस्नेत
कलिलो कोसिस
गोरखा

भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण

बैतडी । केही महिनायता सङ्क्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर

२ सय ६८ थान नक्कली नोटसहित एक जना पक्राउ

सर्लाही, बरहथवा नगरपालिका-१७ बागमती सिचाई नहरस्थित सडकबाट नेपाली एक हजार दरको २ सय

कोरोना सङ्क्रमण बढेपछि सुदूरपश्चिमका सीमा नाकामा कडाइ

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर बढ्न थालेपछि प्रदेश सरकारले भारतसँग जोडीएका

नेपाल प्रहरी- सनराइज बैंक छात्रवृत्ति सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, नेपाल प्रहरी र सनराइज बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी- सनराइज बैंक छात्रवृत्ति’ स्थापना,