“बुहारी आए पछि”



 

आमा बा लाई आफ्नै गृहस्थलमा बस्न गाह्रो भयो

घरमा बुहारी आएपछि।

आमाको त्यो न्यानो काखको छोरो टाढियो

घरमा बुहारी आएपछि ।

स्वर्ग भन्दा राम्रो घर भाँडिए र नरक जस्तो भयो,

घरमा बुहारी आएपछि।

दुई देशबीचको सिमाना जस्तै

पिढीमा किला पनि गाडियो

घरमा बुहारी आएपछि।

आमाको आफ्ना पेवाभनी लगाएका कान् का गहना पनि

तानतुन गर्दै बाँडियो,

घरमा बुहारी आएपछि।

आज पुस माघ को त्यो चिसो रातमा आफु सुतेको खाट छाडि

भुइमा सुत्नु पर्यो,

घरमा बुहारी आएपछि।

अब त एक छेउमा बस्ने ठाउँ पनि नपुग्ने भयो,

घरमा नातिनातिना भए पछि।

आज बाध्य भएर आफ्नै गृहस्थल त्यागि बृद्राश्रमजानु पर्यो

घरमा बुहारी आएपछि।

छोरा ले बा आमाको त्यो साँच्चो माया पनि बिर्सियो

घरमा २ दिनको माया देखाउने,

घरमा बुहारी आएपछि।

बिचारा ६०,७० वर्ष पुगेका बा आमा को बेहाल भयो,

छोराले विहे गरि,

घरमा बुहारी आएपछि।

आज हर कोही का बा आमा न अटाएका हुन् आफ्नै घरमा

सबैका छोरा बडे(ठुला) भए पछि।

बिडम्बना,

बृद्राश्रममा बा आमा, कुकुर पाल्छन् घरमा

नक्कली पुजा गर्छन् ढुङ्गामा, पुजा गरेको परिणत बृद्राश्रममा बा आमा…… ‌

 

  • सुजन बस्नेत ‌ गोरखा।
भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण

बैतडी । केही महिनायता सङ्क्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर

२ सय ६८ थान नक्कली नोटसहित एक जना पक्राउ

सर्लाही, बरहथवा नगरपालिका-१७ बागमती सिचाई नहरस्थित सडकबाट नेपाली एक हजार दरको २ सय

कोरोना सङ्क्रमण बढेपछि सुदूरपश्चिमका सीमा नाकामा कडाइ

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर बढ्न थालेपछि प्रदेश सरकारले भारतसँग जोडीएका

नेपाल प्रहरी- सनराइज बैंक छात्रवृत्ति सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, नेपाल प्रहरी र सनराइज बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी- सनराइज बैंक छात्रवृत्ति’ स्थापना,