ल्होसारमा तीन दिन सार्वजनिक बिदा



तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँं सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यसैगरी तेमाल गाउँपालिकाले पनि ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय यसअघि नै गरिसकेको छ । गाउँपालिकाले ल्होसार पर्व मनाउनको लागि आगामी माघ २८, २९ र ३० गते गाउँपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय र शैक्षिक संस्थासमेत बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । तामाङ समुदायले ल्होसारलाई सांस्कृतिक तथा धार्मिक पर्वको रुपमा मनाउने गर्दछ । तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भन्ने जनाउँछ । त्यसैले ल्होसारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ । चन्द्रमास पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होसार अर्थात नयाँ वर्ष मान्ने गरिन्छ । ल्होसारमा १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लो अर्थात वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ ।

  • रासस
झण्डै आकाशमै ठोकिएका थिए नेपाल एयरलाइन्स र एयर इन्डियाका विमान, दुई एटीसीमाथि कारबाही

शुक्रबार नेपाली आकाश ठूलो विमान दुर्घटना हुनबाट जोगिएको छ । ठूलो दुर्घटना टरेको

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

बारा २ मा जसपालाई सहयोग गर्ने देउवाको वचन

काठमाडौं । नेपाली कांग्रेसले १० वैशाख २०८० मा उपनिर्वाचन हुने बारा–२ मा जनता

इँटाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मुत्यु

सिरहा । सिरहामा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मुत्यु भएको छ । अन्य

 सामाजिक सञ्जालमा हामी