सामाखुशीमा ट्याक्सीमा आगजनी



सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको छ । काठमाडौँ महानगरपालिका–२६ आत्मज्ञानस्थित सडकमा आज बिहान ६ः३० बजे प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजानी गर्दा ट्याक्सी जलेर नष्ट भएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काले बिहान मोटरसाइकलमा आएका अज्ञात समूहले ट्याक्सी आगजानी गरेको राससलाई जानकारी दिनुभयो । ट्याक्सी आगजानी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । सरकारले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका प्रमुख तथा सदस्यको शपथ खुवाएसँगै बुधबारै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले यसको विरोध गर्दै आजलाई आमहडतालको घोषणा गरेका थिए ।

  • रासस
झण्डै आकाशमै ठोकिएका थिए नेपाल एयरलाइन्स र एयर इन्डियाका विमान, दुई एटीसीमाथि कारबाही

शुक्रबार नेपाली आकाश ठूलो विमान दुर्घटना हुनबाट जोगिएको छ । ठूलो दुर्घटना टरेको

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

बारा २ मा जसपालाई सहयोग गर्ने देउवाको वचन

काठमाडौं । नेपाली कांग्रेसले १० वैशाख २०८० मा उपनिर्वाचन हुने बारा–२ मा जनता

इँटाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मुत्यु

सिरहा । सिरहामा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मुत्यु भएको छ । अन्य

 सामाजिक सञ्जालमा हामी