बिहेको भोज खाँदा ३५ बिरामी



व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन् । बिरामी परेका व्यक्तिमा पखाला, बान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ ।

शुक्रबार बिहेपश्चात शनिबार भोज कार्यक्रम राखिएकामा त्यस भोजमा गएर खाना खाने ८० प्रतिशत मानिस बिरामी परेको छाब्दीस्थित सहारा हेल्थ केयरका स्वास्थ्यकर्मी शैलेन्द्र हडखलेले जानकारी दिनुभयो । चार जना अलि गम्भीर प्रकृतिको रहेकाले उनीहरुलाई स्लाइन चढाएर उपचार भइरहेको उहाँले बताउनुभयो । यसरी बिरामी भएर गम्भीर रहेका व्यक्तिको सोमबार स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्ने गरी नगरपालिकाको स्वास्थ्य शाखामा नामावली पठाइएको उहाँले बताउनुभयो । नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले यस विषयमा थप जानकारी लिने काम भइरहेको बताउनुभयो ।

  • रासस
भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण

बैतडी । केही महिनायता सङ्क्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर

२ सय ६८ थान नक्कली नोटसहित एक जना पक्राउ

सर्लाही, बरहथवा नगरपालिका-१७ बागमती सिचाई नहरस्थित सडकबाट नेपाली एक हजार दरको २ सय

कोरोना सङ्क्रमण बढेपछि सुदूरपश्चिमका सीमा नाकामा कडाइ

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर बढ्न थालेपछि प्रदेश सरकारले भारतसँग जोडीएका

नेपाल प्रहरी- सनराइज बैंक छात्रवृत्ति सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, नेपाल प्रहरी र सनराइज बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी- सनराइज बैंक छात्रवृत्ति’ स्थापना,