कस्तो छ भारतमा उपचाररत चन्द्र भण्डारीको स्वास्थ्य अवस्था ?



काठमाडौँ । ग्यास सिलिन्डर लिक भएर आगोको जलनमा परेका नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बन मोनो अक्साइडको मात्रा देखिएको छ । कांग्रेस युवा नेता योगराज कँडेलले दिएको जानकारीअनुसार आज बिहान चिकित्सकहरूले भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बन मोनो अक्साइडको मात्रा देखिएको र त्यसले हृदयमा असर नपर्ने जानकारी दिएको बताए । भण्डारीको हिजो पहिलो सर्जरी गरिएको थियो ।’पहिलो सर्जरी गर्दा दायाँ खुट्टामा एकदमै डिप इन्जरी रहेको कारण सोचेभन्दा धेरै समय लागेको र अब्जरवेसन पनि कम्तीमा १–२ घण्टा राख्नुपर्ने नियम रहेका कारण दोस्रो अपरेसन गर्न नसकिएको जानकारी डा. मुकेशबाट प्राप्त भयो,’ कँडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले बिहान ६:३० बजे डा. घनन्जयसंग कुरा गर्दा अहिले सबै पारामिटर नर्मल रहेको छ ।’

मोटरसाईकल दुर्घटना चालकको मृत्यु

मोरङको कटहरी गाउँपालिका-४ रङगेली सडक खण्डमा आईतवार राती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ। प्रधान सेनापति प्रभुराम शर्माले प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक सहायक

एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने

 सामाजिक सञ्जालमा हामी