इटाली डुङ्गा दुर्घटना : मृत्यु हुने आप्रवासीको सङ्ख्या ५९



पुग्योरोम । इटालीको दक्षिणी क्यालाब्रिया क्षेत्रको समुन्द्र आएको आँधीका कारण आइतबार बिहान डुङ्गा डुब्दा केही महिनाका एक शिशुसहित ५९ जना आप्रवासीको मृत्यु भएको पुष्टि क्यालाब्रिया नगरका नगर प्रमुखले पुष्टि गरेका छन् ।क्यालाब्रिया नगरका नगर प्रमुखभिन्सेन्जो भोसले उद्धारकर्मीहरूलाई उद्धृत गर्दै स्काई टीजी–२४ टेलिभिजन च्यानलसँग भने, “डुङ्गामा करिब ‘२०० भन्दा बढी मानिस’ सवार रहेका र मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको पुष्टि भएको छ ।” यसअघि, क्षेत्रीय गभर्नर रोबर्टो ओचिउटोले भने, “बालबालिकासहित दर्जनौं मानिस डुबेर मरेका छन् । अझै धेरै समुद्रमा हराइरहेका छन् ।” यो भयानक त्रासदीपछि क्यालाब्रिया शोकमा डुबेको छ । इटालियाली सञ्चार माध्यमका अनुसार तटीय शहर क्रोटोनमा स्थानीय समय अनुसार आइतबार बिहान करिब ४ः०० बजे डुङ्गा डुबेको थियो ।

मोटरसाईकल दुर्घटना चालकको मृत्यु

मोरङको कटहरी गाउँपालिका-४ रङगेली सडक खण्डमा आईतवार राती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ। प्रधान सेनापति प्रभुराम शर्माले प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक सहायक

एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने

 सामाजिक सञ्जालमा हामी