सिसडोलमा स्वास्थ्यजन्य फोहोर फाल्ने संस्थालाई ५० हजार जरिवाना



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिसडोल ल्याण्डफिल साइटमा चिकित्साजन्य हानिकारक फोहोर पुर्‍याउनेलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर ५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका क्रममा प्रयोग गरेका सिरिञ्जलगायत सामान साइटमा पुर्याएको पाइएपछि महानगरले उक्त संस्थालाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।
महानगरले फोहोर व्यवस्थापनसँग सम्बन्धित अनधिकृत क्रियाकलापलाई नजिकबाट निगरानी गरिरहेको वातावरण तथा कृषि विभागका प्रमुख रविनमान श्रेष्ठले बताए । कानुनले बर्जित गरेका फोहोर साइटमा लैजाने जोसुकैलाई पनि कारवाही गरिने उनले बताए । हानिकारक फोहोरलाई उत्पादक आफैँले निर्मलीकरण गरेर सामान्य फोहोरमा बदल्नुपर्ने र त्यसपछि सामान्य प्रक्रियाबाट लैजान सकिने उनको भनाई थियो । उनले भने, ‘यहाँ सामान्य फोहोर मात्र लैजान मिल्छ ।’
अहिले काठमाडौँ उपत्यकाकाको फोहोर बञ्चरे डाँडास्थित साइटमा व्यवस्थापन भइरहेको छ ।

मोटरसाईकल दुर्घटना चालकको मृत्यु

मोरङको कटहरी गाउँपालिका-४ रङगेली सडक खण्डमा आईतवार राती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ। प्रधान सेनापति प्रभुराम शर्माले प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक सहायक

एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने

 सामाजिक सञ्जालमा हामी