मल्टिप्लेक्स हलबाट उत्रियो अनमोलको फिल्म ‘२.० छड्के’



अभिनेता अनमोल केसीको ग्याङस्टार फिल्म ‘२.० छड्के’ मल्टिप्लेक्स हलबाट उत्रिएको छ। 

यो फिल्मलाई देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले रिलिजको छैटौं दिनमा उतारेको हो। अन्य मल्टिप्लेक्स हल बिग मुभिज र वान सिनेमाजले एक-एक शो उपलब्ध गराएको छ। 

अनमोलको छैटौं दिनमा हलबाट उत्रिएको यो पहिलो फिल्म हो।

यसैदिन प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा ४’ ले बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको छ। अनमोलको फिल्मले निराशाजनक कमाइ गरेपछि हलबाट उतारिएको हो।

वितरक सुनिल मानन्धरका अनुसार फिल्मले अहिलेसम्म ३० लाख रूपैयाँ कमाएकाे छ। याे फिल्म करिब ३ कराेड लगानीमा बनेकाे हाे।

यसअघि उनले फिल्म कमजोर बनेपछि दर्शक हलसम्म नआएका बताएका थिए। 

‘छड्के २ को कमाइ निकै कमजोर छ। यो अनमोलको अहिलेसम्म कै नचलेको फिल्म हो। वितरकको हिसाबले मैले पहिला फिल्म हेर्दिनँ। हामीले छायांकन सुरू भएदेखि पैसा दिन्छौं। तर फिल्म नै पूरा भएको छैन रहेछ। फिल्म खिच्ने भनेको ठाउँमा खिचेको पनि छैन। निर्माण टिमले बच्चा खेलेको जस्तो फिल्म बनाएका छन्,’ उनले भनेका थिए। 

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्म छड्केमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, रेशा आले मगर, सन्तोष मिजार, इफान अली, निगम श्रेष्ठ, चिरञ्जिवी अधिकारीलगायत कलाकारको अभिनय छ।

मोटरसाईकल दुर्घटना चालकको मृत्यु

मोरङको कटहरी गाउँपालिका-४ रङगेली सडक खण्डमा आईतवार राती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ। प्रधान सेनापति प्रभुराम शर्माले प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक सहायक

एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने

 सामाजिक सञ्जालमा हामी