आगलागीमा परी २ बालबालिका जली मृत्यु



उदयपुरको रौतामाई गाउँपालिका-८ पाखाटोल स्थित घरमा आगलागी हुँदा दुई बालबालिकाको जली मृत्यु भएको छ । हिजो बेलुका सवा ५ बजे स्थानिय राम बहादुर मगरको ढुंगा माटोले बनेको दुईतले घरमा बिधुत सर्टभई आगलागि हुँदा उनको ६ बर्षीया छोरी जस्मिन मगर र २ बर्षीया छोरा रोजन मगरको जलेर मृत्यु भएको हो ।
घरमा आगलागी भएको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय रौतामाईबाट खटिएको प्रहरी टोली र स्थानिय बासीको सहयोगमा आगो ६ बजे नियन्त्रण गरिएको र अभिभावक नभएको अबस्थामा घरमा आगलागी हुँदा घर भित्र रहेका दुई जना बालबालिका घरबाट बाहिर निस्कन नसकी जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
आगलागिबाट घरमा रहेका अन्नपात, लत्ता कपडा, भाडा बर्तन समेत जली करिव १० लाख बरावरको क्षेति भएको छ ।

मोटरसाईकल दुर्घटना चालकको मृत्यु

मोरङको कटहरी गाउँपालिका-४ रङगेली सडक खण्डमा आईतवार राती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ। प्रधान सेनापति प्रभुराम शर्माले प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक सहायक

एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने

 सामाजिक सञ्जालमा हामी