सलाह पेनाल्टीमा चुक्दा बर्नमाउथसँग हार्‍यो लिभरपुल



रेलिगेसनबाट बच्न संघर्षरत बर्नमाउथले प्रिमियर लिगमा लिभरपुललाई हराएको छ । शनिबार भएको खेलमा बर्नमाउथले लिभरपुलमाथि १–० गोलको संघर्षपूर्ण जित हात पारेको हो ।अघिल्लो खेलमा म्यानचेष्टर युनाइटेडलाई ७–० ले हराएपछि लिभरपुल पुरानो लयमा फर्किएको अनुमान गरिएको थियो । तर बर्नमाउथले त्यसलाई गलत साबित गरेको छ ।घरेलु मैदानमा भएको खेलमा बर्नमाउथले २८औं मिनेटमा फिलिप बिलिङको गोलबाट अग्रता लिएको थियो । लिभरपुलको कमजोर डिफेन्सको फाइदा उठाउँदै उनले करिव ६ यार्ड टाढाबाट गोल गरेका हुन् ।खेलको ६९औं मिनेटमा लिभरपुलले पेनाल्टी पनि पाएको थियो । तर मोहम्मद सलाहको प्रहार फ्रेममा पर्न सकेन र, लिभरपुलले बराबरी गर्ने मौका गुमायो ।यो हारसँगै लिभरपुलले सिजनमै पहिलो पटक लिगको चौथो स्थानमा उक्लिने मौका गुमाएको छ । लिभरपुल २६ खेलबाट ४२ अंकका साथ पाँचौं स्थानमा छ ।

मोटरसाईकल दुर्घटना चालकको मृत्यु

मोरङको कटहरी गाउँपालिका-४ रङगेली सडक खण्डमा आईतवार राती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ। प्रधान सेनापति प्रभुराम शर्माले प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक सहायक

एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने

 सामाजिक सञ्जालमा हामी