हास्य कलाकार सुमन कार्की र उद्योगी विपिन काबरा सम्मानित



विराटनगर । साताब्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै विराटनगर जेसीजको ‘जेसीज सप्ताह’ सम्पन्न भएको छ । समापनको अवसरमा समाजमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका दुई युवालाई सम्मानित गरिएको छ ।सम्मानित हुनेहरुमा उद्योग ब्यबसायी बिपिन काबरा र हास्य कलाकार सुमन कार्की छन् । उनीहरु दुवै जनालाई जेसीज सम्मानद्वारा सम्मानित गरिएको हो ।हास्य बिधामार्फत जनतामा हास्यरस सहित सचेतना जगाउने काम गरेको र हास्य व्यंग्य मार्फत मोरङ जिल्लालाई विश्वभर चिनाउन गरेको योगदान स्वरुप कलाकार सुमन कार्कीलाई सम्मानित गरिएको आयोजकले जनाएको छ ।यस्तै उद्योगको माध्यमबाट बिराटनगरलाई देशभर चिनाउन गरेको योगदान र युवा उद्यमशिलतालाई प्रवर्द्धन गरेको भन्दै काबरालाई सम्मानित गरिएको हो ।साथै जेसीज ५० बर्ष पुगेको अवसरमा सम्पूर्ण पूर्व अध्यक्षहरुलाई ताम्रपत्रसहित सम्मान गरिएको थियो । विराटनगर जेसीजकै प्रोजेक्ट जेसी बाल सदन विद्यालयको संस्थापक शिक्षक बनी नेपाल, बिराटनगर जेसीजका संस्थापकद्वय विजय सेन शर्मा र लोकमान गोल्छा र मानार्थ सदस्य किसनलाल दुगडलाई सम्मान गरेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अझ गतिशील भएर विराटनगर जेसीज अघि बढ्ने विश्वास व्यक्त गरे । उनले लागु पदार्थ दुर्व्यसनलाई न्यूनीकरण गर्न जेसीजका युवाहरु लाग्नु पर्नेमा जोड दिए ।विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर जेसीजले गर्ने हरेक गतिविधिलाई आफूले नजिकबाट नियालिरहेको र आगामी दिनमा जेसीजले आयोजना गर्ने क्षेत्र (क) सम्मेलन विराटनगरमा हुने कुरा सुन्न पाउँदा आफूलाई खुसी लागेको बताए ।नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रश्मी बस्नेतले विराटनगर जेसीजको सप्ताह सधैँ उत्कृष्ट रहने बताइन् । साताव्यापी कार्यक्रममा उत्कृष्ट कार्यक्रमका रुपमा सप्ताह समापन तथा सम्मान कार्यक्रमका कार्यक्रम संयोजक राजन नेपाल उत्कृष्ट कार्यक्रम संयोजकका रुपमा निमा अवार्डबाट पुरस्कृत भएका थिए ।

मोटरसाईकल दुर्घटना चालकको मृत्यु

मोरङको कटहरी गाउँपालिका-४ रङगेली सडक खण्डमा आईतवार राती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ। प्रधान सेनापति प्रभुराम शर्माले प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक सहायक

एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने

 सामाजिक सञ्जालमा हामी