प्रसाद २’ का निर्माता सुभाष थापाविरुद्ध ठगी मुद्दामा उजुरी



काठमाडौँ । फिल्म ‘प्रसाद २’ का निर्माता सुभाष थापाविरुद्ध बैंकिङ कसुरको जाहेरी दर्ता भएको छ । थापाविरुद्ध अर्को निर्माता केशव पाण्डेले ६२ लाख ५० हजार रुपैयाँको चेक बाउन्स र ठगीको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौँमा उजुरी दर्ता भएको हो ।

थापाले फिल्मको निर्माता बनाउने भन्दै पैसा लिएर ठगी गरेको पाण्डेको उजुरीमा उल्लेख छ । थापाविरुद्ध बैंकिङ कसुरमा उजुरी दर्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौँमा एसपी सिताराम रिजालले बताए ।

गत असारमा टिमभित्रको असमझदारीले छायांकन स्थलमा पुगेर पनि फिल्मको छायांकन हुन सकेको थिएन । मंसिरबाट छायांकन त सुरु भयो तर निर्मातामा पाण्डे थाहा पाएनन् । फिल्म निर्माण बापत मुनाफाको रकम बाँड्ने सहमतिमा थापाले एक वर्ष अगाडि उक्त रकम लगेको तर अर्कै निर्माता ल्याएर फिल्म निर्माण गरे पनि आफ्नो रकम फिर्ता नगरेकाले पाण्डेले उजुरी दिएका हुन् ।

निर्माता थापाले माघ २९ गते नेपाल इन्भेष्टमेन्ट बैंक, कालिमाटी शाखामा रहेको खाताको चारवटा चेक दिएको तर खातामा पर्याप्त मौज्दात रकम नभएकाले चेक नसाटिएपछि प्रहरी परिसरमा चेक बाउन्स (बैंकिङ कसुर) र ठगीको उजुरी हालेका हुन् ।

उनले ‘प्रसाद २’ को प्रदर्शन रोक्न केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)मा समेत निवेदन दिएका छन् । ‘प्रसाद २’ आगामी चैत २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

मोटरसाईकल दुर्घटना चालकको मृत्यु

मोरङको कटहरी गाउँपालिका-४ रङगेली सडक खण्डमा आईतवार राती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ। प्रधान सेनापति प्रभुराम शर्माले प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक सहायक

एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने

 सामाजिक सञ्जालमा हामी