नेप्से परिसूचकमा सामान्य सुधार, १ अर्ब १३ करोडको कारोबार



काठमाडौँ । मङ्गलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । कारोबार समयदेखि उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूचक अन्तिम समयसम्म आइपुग्दा १.८५ अंकले बढेर बन्द भएको हो ।

आज नेप्से परिसूचक १९५० अंकबाट सुरु भएको थियो । जबकि, ०.०९ प्रतिशतको वृद्धिसँगै १९५३ अंकमा पुगेर रोकिएको छ । यस क्रममा आज १ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने ३३ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ ।

परिसूचकमा सामान्य वृद्धि आए पनि आज १२६ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ७८ वटा कम्पनीको सेयर मूल्य घट्दा १० वटाको स्थिर बसेको छ । आज ३ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । युनिक नेपाल लघुवित्त, शुभम पावर र सुपर मादी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

आज कारोबार भएका १३ वटामध्ये ५ वटा समूहमा गिरावट आएको छ । बैंक, उत्पादनमूलक, लघुवित्त, म्यूचुअल फन्ड र व्यापार समूहका सूचक घटेका छन् । यसबाहेक अन्य सबै समूहका सूचकमा सुधार आएको छ ।

मोटरसाईकल दुर्घटना चालकको मृत्यु

मोरङको कटहरी गाउँपालिका-४ रङगेली सडक खण्डमा आईतवार राती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ। प्रधान सेनापति प्रभुराम शर्माले प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक सहायक

एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने

 सामाजिक सञ्जालमा हामी