बिन्दबासिनी म्युजिकका सञ्चालक रेग्मी ७५ हजार धरौटीमा रिहा



काठमाडौँ । बिन्दबासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी धरौटीमा रिहा भएका छन् । विद्युतीय कारोबार ऐन–२०६३ विरुद्धको कसुरमा जिल्ला अदालत काठमाडौँले उनलाई ७५ हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ ।अदालतले तोकेको धरौटी रकम तिरेर उनी रिहा भएको साइबर ब्युरोका प्रवक्ता (एसपी) पशुपति रायले बताए । थाइल्याण्डबाट नेपाल आउँदै गर्दा फागुन ८ मा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । रेग्मी विरुद्ध सांगीतिक क्षेत्रका महेशचन्द्र आचार्यले जाहेरी दिएका थिए । आचार्य गीत रचनाकार हुन् ।रेग्मीले सामाजिक सञ्जाल (फेसबुक)मा समग्र स्रष्टा विरुद्ध घृणा फैलाउने सामाग्री पोष्ट गरेको आचार्यको आरोप छ । दिवंगत कलाकारहरुलाई पनि रेग्मीले होच्याएर पोष्ट गरेको र कलाकारहरुलाई जनावरसँग तुलना गरेर पोष्ट गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आचार्यलाई पनि आरोपीले जनावरसँग तुलना गरेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।काठमाडौँबाट सञ्चालित एक अनलाइनमा आफ्नो संस्थाबारे ‘घुस्याहा संस्था’ भन्दै नकारात्मक लेख प्रकाशित भएपछि आवेगमा त्यस्तो पोष्ट गरेको रेग्मीले प्रहरीसँगको बयानमा बताएका छन् । उनले भनेका छन्–‘ती पोष्ट मैले पछि हटाइसकेको छु ।’

मोटरसाईकल दुर्घटना चालकको मृत्यु

मोरङको कटहरी गाउँपालिका-४ रङगेली सडक खण्डमा आईतवार राती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ। प्रधान सेनापति प्रभुराम शर्माले प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक सहायक

एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने

 सामाजिक सञ्जालमा हामी