२०२६ को विश्वकपमा चार टिमको १२ समूह हुने, कुल १०४ खेल हुने



१ चैत, काठमाडौं । सन् २०२६ को विश्वकप फुटबलमा फिफाले पुरानै फर्म्याटलाई निरन्तरता दिने भएको छ ।अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकपमा ४८ राष्ट्रले सहभागिता जानउछन् । टिमसंख्या बढेपछि फिफाले १६ समूह बनाउने तयारी गरेको थियो ।तर २०२२ मा कतारमा भएको विश्वकपमा चार टिमको समूह प्रभाकारी रहेकोले फिफाले अब हुने विश्वकपमा पनि चार टिमकै १२ समूह बनाउने निर्णय गरेको हो ।अफ्रिकी राष्ट्र रुवान्डामा भएको फिफा काउन्सिलले यो निर्णय गरेको हो ।यस निर्णयसँगै अब २०२६ को विश्वकपमा कूल १०४ खेल हुनेछ ।नयाँ फर्म्याट अनुसार हरेक समूहको शीर्ष दुईसँगै तेस्रो स्थानमा रहने ८ उत्कृष्ट टिम अन्तिम ३२ मा प्रवेश गर्नेछन् ।यसअघि फाइनल पुग्ने टिमले ७ खेल खेल्ने गरेकोमा अब फाइनल पुग्ने टिमले ८ खेल खेल्नेछ ।फिफा अध्यक्ष जियानी इन्फान्टिन्होले कतार विश्वकपको सफलतापछि गत डिसेम्बरमै २०२६ को विश्वकपमा चार टिमको समूह बनाउने बारे पिफाले सोचेको बताएका थिए ।

मोटरसाईकल दुर्घटना चालकको मृत्यु

मोरङको कटहरी गाउँपालिका-४ रङगेली सडक खण्डमा आईतवार राती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ। प्रधान सेनापति प्रभुराम शर्माले प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक सहायक

एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने

 सामाजिक सञ्जालमा हामी