भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, यहाँ के हुन्छ?
आइओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ८६ पैसा र डिजेल प्रतिलिटर एक रुपैयाँ ७४ पैसाले घटेको हो।
आइओसीले मूल्य घटाएर पठाएपनि आन्तरिक बजारमा मूल्य घटाउनेबारे कुनै छलफल भइनसकेको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए।
हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ।
आइओसीले हरेक पन्ध्र/पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउँछ।