अध्ययन अनुमतिपत्र लिने दोब्बर



काठमाडौँ । माघको तुलनामा फागुनमा झन्डै दोब्बर विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत फागुनमा १३ हजार ९४५ जनाले एनओसी लिएका छन् । माघमा अनुमतिपत्र लिनेको सङ्ख्या सात हजार ६१८ थियो । शाखाका प्रमुख वासुदेव वस्तीले जापानमा भाषा अध्ययनका लागि खुला भएकाले फागुनमा एनओसी लिनेहरूको सङ्ख्या बढेको हुन सक्ने बताए । माघ महिनामा जापानका लागि १५८ जनाले एनओसी लिएकोमा फागुनमा आठ हजार ९१ जनाले लिएका छन् । २५ हजार १५२ जनाले आवेदन दिएका थिए । गत महिना एनओसीबाट दुई करोड ८९ लाख ४२ हजार रुपियाँ राजस्व आर्जन भएको थियो । फागुनमा अस्ट्रेलियाका लागि दुई हजार ६१० जनाले र क्यानडाका लागि एक हजार ६६० जनाले एनओसी लिएका थिए । माघमा अस्ट्रेलियाका लागि तीन हजार ५१७ जना र क्यानडाका लागि दुई हजार २४८ जनाले एनओसी लिएका थिए । सो महिना ३६ देशका लागि यस्तो लेटर जारी भएको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मोटरसाईकल दुर्घटना चालकको मृत्यु

मोरङको कटहरी गाउँपालिका-४ रङगेली सडक खण्डमा आईतवार राती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ। प्रधान सेनापति प्रभुराम शर्माले प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक सहायक

एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने

 सामाजिक सञ्जालमा हामी