युट्युबले २ वर्षपछि फुकुवा गर्‍यो ट्रम्पमाथिको कारबाही




काठमाडौँ ।  अमेरिकी टेक कम्पनी युट्युबले करिब २ वर्षपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको कारबाही फुकुवा गरेको छ । टेक जायन्ट युट्युबले करिब २ वर्षअघि ट्रम्पको च्यानलमाथि प्रतिबन्ध लगाएको थियो । यसअघि, ट्रम्पले आफ्नो च्यानलमा भिडियो पोस्ट गर्दै हिंसालाई बढुवा दिएको आरोपसहित प्रतिबन्ध लगाएको थियो ।

युट्युबअघि एलन मस्कको ट्वीटर र मार्क जुकरवर्गको मेटा र इन्सटाग्रामले समेत ट्रम्पमाथिको प्रतिबन्ध फुकुवा गरिसकेका छन् । प्रतिबन्ध हटेसँगै अब ट्रम्पको युट्यूब च्यानल प्रयोगकका लागि योग्य बनेको छ र उनले भिडियोहरू पोस्ट गर्न सक्ने युट्युबले जानकारी दिएको छ ।

युट्युबको प्यारेन्ट कम्पनी गुगलले ट्वीटरमा लेखेको छ, ‘आजदेखि सुरु भएको छ, डोनाल्ड जे.ट्रम्पको च्यानलको प्रतिबन्ध फुकुवा भएको छ ।’ यसअघि अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पराजित बनेपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत हिंसा भड्काएको आरोप लागेको थियो ।

उक्त आरोपसँगै सबैजसो सामाजिक सञ्जाल प्लेटफर्मले ट्रम्पमाथि प्रतिबन्धको घोषणा गरेका थिए । उक्त प्रतिबन्धसँगै ट्रम्पले आफ्नै लगानीमा ‘ट्रुथ सोसियल’नामक सामाजिक सञ्जाल सुरु गरेका थिए । तर, यो प्रभावकारी बन्न सकेन ।

मोटरसाईकल दुर्घटना चालकको मृत्यु

मोरङको कटहरी गाउँपालिका-४ रङगेली सडक खण्डमा आईतवार राती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ। प्रधान सेनापति प्रभुराम शर्माले प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक सहायक

एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने

 सामाजिक सञ्जालमा हामी