झण्डै आकाशमै ठोकिएका थिए नेपाल एयरलाइन्स र एयर इन्डियाका विमान, दुई एटीसीमाथि कारबाही



शुक्रबार नेपाली आकाश ठूलो विमान दुर्घटना हुनबाट जोगिएको छ । ठूलो दुर्घटना टरेको घटनामा नेपाल एयरलाइन्सको विमान र भारतीय एयरलाइन्स कम्पनी एयर इन्डियाको विमान नेपाली आकाशमा ठोकिनबाट जोगिएका हुन् । शुक्रबार मलेसियाको क्वाललम्पुरबाट काठमाडौंतर्फ आइरहेको नेपाल एयरलाइन्सको विमान र भारतबाट काठमाडौं आइरहेको एयरइन्डियाको विमान सिमराको आकाशमाथि होल्ड गरिएको थियो ।सो होल्डका क्रममा १९ हजार फिटमा रहेको एयर इन्डियाको जहाज एक्कासी १५ हजार फिटमा झर्दा नजिकै रहेको नेपाल एयरलाइन्सको विमानसँग झन्डै ठोकिने अवस्था आएको थियो । नेपाल एयरलाइन्सको विमान पनि ७ हजार फिट तल ओर्लिएपछि ठूलो दुर्घटना टरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकराणका प्रवक्ता जगन्नाथ दुलालले यो प्रकरणमा दुई जना एटीसीमाथि कारबाही गरिएको बताए । उनले अहिले उनीहरूलाई कामबाट हटाइएको बताए । घटनाबारे छानबिन गर्न समितिसमेत गठन गरिएको प्राधिकरणले जनाएको छ । यो प्रकरणमा आवश्यक कारबाहीका लागि नागरिक उड्डयन प्राधिकरणले भारतीय उड्डयन प्राधिकरणलाई पनि पत्र लेखेको छ ।

१० मन्त्रालयको बेरुजु १९ प्रतिशत

काठमाडौं । संघीय सरकारी कार्यालयतर्फको कुल बेरुजुको ९५.१२ प्रतिशत १० मन्त्रालयको रहेको छ

हुम्लामा नुनमै कालाेबजारी

मुगु । कर्णाली प्रदेशको विकट हिमाली जिल्ला भनेर परिचित हुम्लाका नागरिकले राज्यको भएकाे

लुटपाट गरेको अभियोगमा चार जना पक्राउ

झापा, नगद १ लाख ४५ हजार रुपैयाँ र काठको गोलिया ६९ थान लुटपाट

विभिन्न हातहतियार सहित पक्राउ

उदयपुर, बेलका नगरपालिका-३ एकता टोल नजिक टप्पुबाट लोड गरेको भरुवा बन्दुक १ थान,