सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित



काठमाडौँ । प्रतिनिधि सभाबाट व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसमेत रहेका प्रधानमन्त्री प्रचण्डको तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले प्रस्तुत गरेको विधेयकमाथि सैद्धान्तिक छलफलपछि सभामुख घिमिरेले सो विधेयकमाथि विचार गरियोस् भनी गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो । सो विधेयकको विपक्षमा नेमकिपा सांसद प्रेम सुवाल मात्र रहेका थिए । अब सो विधेयकमाथि संशोधन पेस गर्न चाहने सांसदहरूले ७२ घण्टाभित्र संसद्को विधायन शाखामा संशोधन प्रस्ताव दर्ता गर्न सक्नेछन् ।

प्रतिनिधि सभाको आजको बैठकमा सो विधेयकमाथि सांसदहरूले आफ्नो आफ्नो धारणा व्यक्त गरेका थिए । प्रतिनिधि सभाको अर्को बैठक चैत्र १५ गते १ बजे बस्नेछ ।

१० मन्त्रालयको बेरुजु १९ प्रतिशत

काठमाडौं । संघीय सरकारी कार्यालयतर्फको कुल बेरुजुको ९५.१२ प्रतिशत १० मन्त्रालयको रहेको छ

हुम्लामा नुनमै कालाेबजारी

मुगु । कर्णाली प्रदेशको विकट हिमाली जिल्ला भनेर परिचित हुम्लाका नागरिकले राज्यको भएकाे

लुटपाट गरेको अभियोगमा चार जना पक्राउ

झापा, नगद १ लाख ४५ हजार रुपैयाँ र काठको गोलिया ६९ थान लुटपाट

विभिन्न हातहतियार सहित पक्राउ

उदयपुर, बेलका नगरपालिका-३ एकता टोल नजिक टप्पुबाट लोड गरेको भरुवा बन्दुक १ थान,