भरुवा बन्दुकसहित पक्राउ



महोत्तरी, बर्दिबास नगरपालिका-८ स्थित हात्तीलेटको जगंलबाट भरुवा बन्दुक २ थान, बारुद करिब ५ ग्राम र छर्रा ३७ वटासहित सोही नगरपालिका-१४ नमुनाबस्ती बस्ने ४९ वर्षीय भिम भन्ने गणेश बहादुर मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त जंगलमा सिकार खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई सिकार खेल्दै गरेको अवस्थामा उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।

घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

१० मन्त्रालयको बेरुजु १९ प्रतिशत

काठमाडौं । संघीय सरकारी कार्यालयतर्फको कुल बेरुजुको ९५.१२ प्रतिशत १० मन्त्रालयको रहेको छ

हुम्लामा नुनमै कालाेबजारी

मुगु । कर्णाली प्रदेशको विकट हिमाली जिल्ला भनेर परिचित हुम्लाका नागरिकले राज्यको भएकाे

लुटपाट गरेको अभियोगमा चार जना पक्राउ

झापा, नगद १ लाख ४५ हजार रुपैयाँ र काठको गोलिया ६९ थान लुटपाट

विभिन्न हातहतियार सहित पक्राउ

उदयपुर, बेलका नगरपालिका-३ एकता टोल नजिक टप्पुबाट लोड गरेको भरुवा बन्दुक १ थान,