भन्सार छलि ल्याउँदै गरेका सुनका विभिन्न गहनासहित दुई जना पक्राउ



उदयपुर, भन्सार छलि ल्याउँदै गरेको सुन जस्तो देखिने पहेंलो धातुका विभिन्न गहना करिब १०१ ग्राम १५० मिलिग्रामसहित बेलका नगरपालिका-४ बस्ने २९ वर्षीय खोमीराज बिकसमेत २ जनालाई त्रियुगा नगरपालिका-६ बाट बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले कदमाबाट गाईघाटतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा भन्सार छलि लुकाई ल्याउँदै गरेको उक्त धातुका गहनासहित फेला पारी पक्राउ गरेको हो ।

बरामद सामानसहित उनीहरूलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइएको छ ।

१० मन्त्रालयको बेरुजु १९ प्रतिशत

काठमाडौं । संघीय सरकारी कार्यालयतर्फको कुल बेरुजुको ९५.१२ प्रतिशत १० मन्त्रालयको रहेको छ

हुम्लामा नुनमै कालाेबजारी

मुगु । कर्णाली प्रदेशको विकट हिमाली जिल्ला भनेर परिचित हुम्लाका नागरिकले राज्यको भएकाे

लुटपाट गरेको अभियोगमा चार जना पक्राउ

झापा, नगद १ लाख ४५ हजार रुपैयाँ र काठको गोलिया ६९ थान लुटपाट

विभिन्न हातहतियार सहित पक्राउ

उदयपुर, बेलका नगरपालिका-३ एकता टोल नजिक टप्पुबाट लोड गरेको भरुवा बन्दुक १ थान,