लुटपाट गरेको अभियोगमा चार जना पक्राउ



झापा, नगद १ लाख ४५ हजार रुपैयाँ र काठको गोलिया ६९ थान लुटपाट गरेको अभियोगमा दमक नगरपालिका-९ शान्तिमार्ग बस्ने ३६ वर्षीय सन्तोष कुमार पराजुली समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दमक नगरपालिका-९ चिया बगानस्थित ईलामबाट चिलाउनेको काठ लोड गरी आएको मे.१ त ५००९ र मे.१ त ४९४७ नम्बरको ट्याक्टरका चालकलाई अपरिचित ७/८ जना व्यक्तिहरूले कुटपिट समेत गरी उक्त काठ र नगद लुटि लगेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै लुटपाट गरी उक्त चिया बगानमा लुकाई राखेको काठसमेत प्रहरीले बरामद गरेको छ । 

घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
१० मन्त्रालयको बेरुजु १९ प्रतिशत

काठमाडौं । संघीय सरकारी कार्यालयतर्फको कुल बेरुजुको ९५.१२ प्रतिशत १० मन्त्रालयको रहेको छ

हुम्लामा नुनमै कालाेबजारी

मुगु । कर्णाली प्रदेशको विकट हिमाली जिल्ला भनेर परिचित हुम्लाका नागरिकले राज्यको भएकाे

विभिन्न हातहतियार सहित पक्राउ

उदयपुर, बेलका नगरपालिका-३ एकता टोल नजिक टप्पुबाट लोड गरेको भरुवा बन्दुक १ थान,

निगमले भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान भर्दैp

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट भारतको नयाँ