• शुक्रबार ११-२३-२०७६/Friday 03-06-2020

विराटनगरमा उद्योग संगठनले मैत्रीपुर्ण सुपर सिक्स क्रिकेट गराउदै

विराटनगर । बिराटनगरमा हुने बिराट एक्सपोको पुर्बसन्ध्यामा मैत्रीपुर्ण सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । फागुन २ गते देखि उद्योग संगठन मोरङको आयोजनामा हुन लागेको विराट एक्स्पो २०७६ (कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी) को पूर्व संध्या र नेपाल भ्रमण वर्ष २०२० को अवसरमा क्रिकेट प्रतियोगिता आयोजन ागर्न लागिएको हो ।
उद्योग संगठन मोरंगको आयोजनामा विराटनगर २, शंकरपुर विराट एक्स्पो २०७६ आयोजना स्थलमा मैत्रीपूर्ण सुपर सिक्स क्रिकेट प्रतियोगिता हुनेछ ।
मैत्री पूर्ण क्रिकेट प्रतियोगितामा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, नेपाल पत्रकार महासंघ, संयूक्त ट्रेड युनियन, विराट व्यापार संघ र नोवल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा. लि. को सहभागिता रहने आयोजकले जनाएको छ।
टेनिस वलले प्रत्येक टिमले सुपर ६ ओभरको गेम खेल्ने प्रतियोगितमा एक टिममा ६ जना खेलाडी र २ जना अतिरिक्त खेलाडी गरी जम्मा ८ जनाको सहभागिता रहने छ । नक आउट चरणमा खेलिने प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई ट्रफि तथा खेलाडीलाई मेडल प्रदान गरिने जनाईएको छ ।
संगठनका भुतपूर्व अध्यक्ष्ँ, वरिष्ठ उद्योगपति, समाजसेवी स्व. महेन्द्र गोल्छाको १० औं स्मृति तथा फागुन २ गते देखि संगठनको आयोजनामा हुन लागेको विराट एक्स्पो २०७६ को अबसरमा यो प्रतियोगिता आयोजना गर्न लागिएको उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष सुवेश प्याकुरेलले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

रंगशाला निर्माणका लागि सन्दीपले एक विकेट बराबर ८ हजार ८४८ रुपैयाँ सहयोग गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले चितवनमा निमार्णाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

१९ माघ, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दशौं चरणका दुई खेल हुँदैछन् । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ

हिसान फुटबलको उपाधि विराटनगरको सिटी कलेजलाई

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आयोजना गरेको आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत भएको फुटबलको उपाधि विराटनगरको सिटी