• मंगलबार ११-६-२०७६/Tuesday 02-18-2020

बिराटनगरको नोबेल मेडिकल कलेजले एमबिबिएसका बिद्यार्थीबाट २८ लाख बढी मागेको आरोप

विराटनगर । विराटनगरमा रहेको नोबेल मेडिकल कलेजले सरकारले तोकेको भन्दा २८ लाख बढी शुल्क माग्ने गरेको भन्दै अभिभावकले जिल्ला प्रशासन कार्यालय मोरङमा ध्यानाकर्षण पत्र बुझाएका छन् । मेडिकल कलेजले एमबिबिएसको भर्नामा तोकेको भन्दा २८ लाख बढी लिने गरेको अभिभावकले गुनासो गरेका हुन् । कलेज प्रशासनले निर्धारण गरेको रकम अग्रिम नबुझाए पठनपाठनमा समेत सामेल नगराउने गरेको उनीहरुको भनाई छ । मेडिकल कलेजले बढी शुल्क लिएको भन्दै ४० जना अभिभावकहरूले जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार ज्ञापनपत्र बुझाएका हुन् । अभिभावले विद्यार्थीहरुको शान्ति सुरक्षा कायम गर्दै विद्यार्थीको भविष्य समेत सुनिश्चित गर्न प्रशासनको ध्इानाकर्षण गराएका छन्
चिकित्सा शिक्षा आयोगले काठमाडौं उपत्यका बाहिर एमबीबीएस पढ्न लाग्ने शुल्क ४४ लाख ३६ हजार २५ रुपैयाँ तोकेको छ । होस्टल शुल्कबाहेक कलेजले अन्य रकम लिन मिल्दैन । तर, नोबेल मेडिकल कलेजले एमबीबीएसमा भर्ना भएका विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा २८ लाख रुपैयाँ गैरकानुनी तरिकाले बढी शुल्क माग्ने गरेको अभिभावक हेमन्त कुमार शर्माले बताए ।
सरकारले तोकेको पहिलो किस्ताको रकम १४ लाख ७८ हजार ६ सय ७५ रुपैयाँ विश्वविद्यालयको खातामा जम्मा गरेर कलेज भर्ना भएका विद्यार्थी र अभिभावकसँग कलेजले बढी रकम माग्ने गरेको अभिभाव शर्माको गुनासो छ।
विश्वविद्यालय परीक्षाबापत ९५ हजारका दरले छुट्टै शुल्क लिन खोजिएको छ । यस्तो परीक्षा चारपटक हुने गर्छ । यस्तै प्रवेश फारम शुल्कमा ३ हजार माग गरेको छ । कलेजले साढे ५ वर्षको होस्टल शुल्क पनि भर्ना अगावै माग गरेको छ ।
होस्टलका लागि ७ लाख ३९ हजार ६ सय ५३ रुपैयाँ अग्रिम दिनुपर्ने उल्लेख छ । एमबीबीएस अध्ययन गर्दा होस्टल अनिवार्य बस्नु पर्दैन । नोबेलले होस्टल अनिवार्य गरेर ५ वर्षसम्मको शुल्क अग्रिम माग्ने गरेको अभिभावहरू बताउँछन् । विद्युत् महसुल विद्यार्थी आफैंले तिर्नुपर्ने सर्त कलेज प्रशासनले राखेको छ । प्रशासनले माग गरेको गैरकानुनी अतिरिक्क्त शुल्क नबुझाए पठनपाठन। नगराउने भन्दै धम्की दिने गरेको उनीहरूको भनाई छ । बढी लिने रकमको बिल भरपाइ माग्दा कलेज प्रशासनका कर्मचारीले दिन नमानेको गरेको उनीहरूले बताए । यस बारेमा नोबेल मेडिकल कलेजले कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिकृया दिनुहोस

धनकुटाको त्रिशुलेमा बस जुध्दा १३ यात्रु घाइते

धनकुटा । धनकुटा नगरपालिका–२ त्रिशुले नजिक आइतबार दिउँसो दुई वटा यात्रुबाहक बस ठक्कर खाँदा १३ जना यात्रु घाइते भएका छन् । मोरङको उर्लाबारीबाट

कोशीटप्पु महोत्सव शुरु, मुख्यमन्त्री राई हात्ती चढेर महोत्सव स्थल पुगे

विराटनगर । सुनसरीको कोशी गाउँपालिकामा पहिलो कोशीटप्पु महोत्सव शुरु भएको छ । हात्ती चढेर आएका मुख्यमन्त्री शेरधन राईले कोशी पर्यटन महोत्सवको उद्घाटन

प्रभु साहको प्रश्न - पद छोड्छु भन्दा पनि नपाउने ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई नम्बर प्रदेश अध्यक्ष प्रभु साहले पद छाड्छु भन्दा पनि नपाएको र काम गर्न पनि नपाएको गुनासो गरेका छन्