• शुक्रबार ११-२३-२०७६/Friday 03-06-2020

कोशीटप्पु महोत्सव शुरु, मुख्यमन्त्री राई हात्ती चढेर महोत्सव स्थल पुगे

विराटनगर । सुनसरीको कोशी गाउँपालिकामा पहिलो कोशीटप्पु महोत्सव शुरु भएको छ । हात्ती चढेर आएका मुख्यमन्त्री शेरधन राईले कोशी पर्यटन महोत्सवको उद्घाटन गर्नुभयो ।
महेन्द्र राजमार्गको जमुवाबाट हात्ती चढेर कोशीटप्पुमा पुग्नु भएका मुख्यमन्त्री राईले १० दिने पर्यटन महोत्सवको उद्घाटन गर्नुभयो । संघीय र प्रदेश सरकारको उद्देश्य अनुरुप कोशीटप्पुमा पर्यटक भित्र्याउन कोशी पर्यटन महोत्सव गरिएको हो । सुनसरीको कोशी गाउँपालिकाले आयोजना गरेको महोत्सवलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पर्यटक बढाउने उद्देश्यको रुपमा हेरिएको छ ।चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकले थाम्नै नसकेकोअ बस्थामा कोशीटप्पुमा पर्यटक ल्याउने उदेश्य रहेको गाउँपालिकाले जनाएको छ । कोशी टप्पु र आसपासको क्षेत्रमा रहेको पर्यटकीय महत्वका प्याकेज ल्याएर कोशी गाउपालिकाले महोत्सब शुरु गरेको हो ।
महोत्सवमा आउने पर्यटकले हात्तीदेखि जंगल सफारीसम्मको ब्यवस्था गरिएको छ । आन्तरिक सहित ५० हजार भारतीय, तेस्रो मुलुकबाट समेत जोडिने गरि एक लाख पर्यटक भित्र्याउने उदेश्य रहेको गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीले जानकारी दिनुभयोे ।
चराहरुको राजधानीको रुपमा चिनिएको कोशीटप्पु क्षेत्रमा विदेशी पर्यटकलाई बढाउनको लागि यस्ता कार्यक्रमले आकर्र्षित गर्ने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । उहाँले प्रदेशको पर्यटक भित्र्याउने कोशीटप्पु एउटा उत्कृष्ट गन्तब्य भएको जानकारी दिँदै यस पर्यटकीय क्षेत्रलाई प्रदेश सरकारले प्रथमिकतामा राखेको दाबी गर्नुभयो ।उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियैतले स्थानीयवासी, कोशीटप्पु बन्यजन्तु आरक्ष बिचको सम्बन्ध सुधार भई एउटा नमुनाको रुपमा काम शुरु गर्नुपर्ने दिन आएको बताउनुभयो । अहिले पनि आन्तरिक पर्यटकको गन्तब्यको रुपमा रहेको कोशीटप्पुमा बिदेशी पर्यटक भित्र्याउनको लागि पनि बिभिन्न गतिबिधिहरु आबश्यक रहेको औल्याउनु भयो ।आजदेखि शुरु भएको कोशीटप्पु महोत्सव माघ २९ गतेसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस

धनकुटाको त्रिशुलेमा बस जुध्दा १३ यात्रु घाइते

धनकुटा । धनकुटा नगरपालिका–२ त्रिशुले नजिक आइतबार दिउँसो दुई वटा यात्रुबाहक बस ठक्कर खाँदा १३ जना यात्रु घाइते भएका छन् । मोरङको उर्लाबारीबाट

बिराटनगरको नोबेल मेडिकल कलेजले एमबिबिएसका बिद्यार्थीबाट २८ लाख बढी मागेको आरोप

विराटनगर । विराटनगरमा रहेको नोबेल मेडिकल कलेजले सरकारले तोकेको भन्दा २८ लाख बढी शुल्क माग्ने गरेको भन्दै अभिभावकले जिल्ला प्रशासन कार्यालय मोरङमा

प्रभु साहको प्रश्न - पद छोड्छु भन्दा पनि नपाउने ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई नम्बर प्रदेश अध्यक्ष प्रभु साहले पद छाड्छु भन्दा पनि नपाएको र काम गर्न पनि नपाएको गुनासो गरेका छन्