• शुक्रबार ११-२३-२०७६/Friday 03-06-2020

धनकुटाको त्रिशुलेमा बस जुध्दा १३ यात्रु घाइते

धनकुटा । धनकुटा नगरपालिका–२ त्रिशुले नजिक आइतबार दिउँसो दुई वटा यात्रुबाहक बस ठक्कर खाँदा १३ जना यात्रु घाइते भएका छन् । मोरङको उर्लाबारीबाट धनकुटाको मारेककटहरे जाँदै गरेको को.१ ख.७८८० नम्बरको बस र संखुवासभाको चैनपुरबाट झापाको सौठा जाँदै गरेको को.१ ख.५१०५ नम्बरको बस दिउँसो करिव साढे २ बजे जुधेका हुन् । दुर्घटनामा परी दुवै बसमा सवार यात्रु घाइते भएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।हिलेस्थित बिजयपुर मेडिकलमा घाइतेहरुको उपचार भइरहेको छ । घाइते मध्ये धनकुटाको महालक्ष्मी–१ का ७१ बर्षीया निरमाया अधिकारी र चैनपुरका ७० बर्षीय सिंहमान तामाङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कोशी राजमार्ग स्थित त्रिसुले नजिकको घुम्ति मोडमा बस ठक्कर खाएका हुन् । दुर्घटनाग्रस्त बसले सडक ढाक्दा कोशी राजमार्गको हिले–सिधुवा सडकखण्ड दिउँसो करिव आधा घण्टा अवरुद्ध भएको थियो । दुर्घटनापश्चात दुवै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

कोशीटप्पु महोत्सव शुरु, मुख्यमन्त्री राई हात्ती चढेर महोत्सव स्थल पुगे

विराटनगर । सुनसरीको कोशी गाउँपालिकामा पहिलो कोशीटप्पु महोत्सव शुरु भएको छ । हात्ती चढेर आएका मुख्यमन्त्री शेरधन राईले कोशी पर्यटन महोत्सवको उद्घाटन

बिराटनगरको नोबेल मेडिकल कलेजले एमबिबिएसका बिद्यार्थीबाट २८ लाख बढी मागेको आरोप

विराटनगर । विराटनगरमा रहेको नोबेल मेडिकल कलेजले सरकारले तोकेको भन्दा २८ लाख बढी शुल्क माग्ने गरेको भन्दै अभिभावकले जिल्ला प्रशासन कार्यालय मोरङमा

प्रभु साहको प्रश्न - पद छोड्छु भन्दा पनि नपाउने ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई नम्बर प्रदेश अध्यक्ष प्रभु साहले पद छाड्छु भन्दा पनि नपाएको र काम गर्न पनि नपाएको गुनासो गरेका छन्