• शुक्रबार ११-२३-२०७६/Friday 03-06-2020

रंगशाला निर्माणका लागि सन्दीपले एक विकेट बराबर ८ हजार ८४८ रुपैयाँ सहयोग गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले चितवनमा निमार्णाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गर्ने भएका छन् ।

घरेलु मैदानमा हुन लागेको त्रिकोणात्मक सिरिजमा उनले लिएको हरेक विकेट बराबर रंगशाला निमार्णका लागि सहयोग गर्ने सामाजिकसञ्‍जालमार्फत जनाएका छन् ।

नेपालले अमेरिका र ओमानसँग एकदिवसीय क्रिकेट खेल्दैछ ।

“नेपाली क्रिकेटका लागि मसँग एउटा सपना छ । जुन सपना नेपाली क्रिकेटका युवा हस्तिका लागि पनि महत्वपूर्ण छ । यो सपनामा लगानी गर्न म अमेरिका र ओमानविरूद्धको खेलमा लिएको प्रत्येक विकेटको लागि ८ हजार ८ सय ४८ रूपैयाँ दिने छु,” सन्दीपले सामाजिक संञ्जालमा लेखेका छन् ।

प्रतिकृया दिनुहोस

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

१९ माघ, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दशौं चरणका दुई खेल हुँदैछन् । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ

विराटनगरमा उद्योग संगठनले मैत्रीपुर्ण सुपर सिक्स क्रिकेट गराउदै

विराटनगर । बिराटनगरमा हुने बिराट एक्सपोको पुर्बसन्ध्यामा मैत्रीपुर्ण सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । फागुन २ गते देखि उद्योग संगठन

हिसान फुटबलको उपाधि विराटनगरको सिटी कलेजलाई

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आयोजना गरेको आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत भएको फुटबलको उपाधि विराटनगरको सिटी