• शुक्रबार ११-२३-२०७६/Friday 03-06-2020

जलविद्युतमा लगानी : साँवा जोगाउनै मुस्किल

२० माघ, काठमाडौं । जलविद्युत् कम्पनीको सेयर खरिद गर्न कुनै बेला दिनभर लाइन लाग्नुपर्थ्यो । कति कित्ता पर्ने अत्तोपत्तो थिएन, तर पनि सेयर किन्न चाहने सर्वसाधारणहरुको बैंकमा घुइँचो नै लाग्थ्यो । नलागोस् पनि कसरी त्यसबेला जलविद्युत् कम्पनीमा निकै आकर्षण थियो । एक जलविद्युत् कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार ८ सय रुपैयाँसम्म पुगेको थियो ।

अहिले सेयर भर्न लाइन लाग्ने युगको अन्त्य भइसकेको छ । त्योसँगै जलविद्युत् कम्पनीको सेयर मूल्य बढेर धेरै हुन्छ भन्ने अहिले एकादेशको कथा जस्तै भएको छ । जलविद्युत् कम्पनीहरुको किनेको सेयर मूल्य बढेर धेरै नाफा कमाउनु त परै जाओस् साँवा जोगाउन पनि मुस्किल छ । पछिल्ला केही समय यता सेयर बजार सुधार हुने क्रममा छ, तर जलविद्यत् कम्पनीहरुको सेयर मूल्य हेर्ने हो भने पुरै बजारप्रति नै निराश हुने स्थिति बनाउँछ ।

प्रतिकित्ता १ सय रुपैयाँमा गोलाप्रथाबाट पाएको परेको कतिपय जलविद्युत् कम्पनीको सेयर अहिले ५० प्रतिशतसम्म तल झरेको छ । नाफा कमाउने आश होइन साँवामात्रै जोगिए पनि हुने थियो भनेर लगानीकर्ताहरुले अपेक्षा गर्नुपर्ने अवस्था छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका दुई दर्जन जलविद्युत् कम्पनीहरुमध्ये डेढ दर्जन कम्पनीहरुको सेयर मूल्य आईपीओको भन्दा कम अर्थात एक सयभन्दा तल झरेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो साताको अन्तिम कारोबार हेर्ने हो भने कुनै बेला २८ सय प्रतिकित्ता सेयर मूल्य पुगेको चिलिमे हाइड्रोपावर अहिले पनि धेरै मूल्य भएको कम्पनीमा पर्छ, तर यसको मूल्य घटेर प्रतिकित्ता ४२३ रुपैयाँमा आइपुगेको छ ।

अर्को राम्रै कम्पनी मानिएको बुटवल पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२३ रहेको छ । अपर तामाकोशीको सेयर मूल्य प्रतिकित्ता २४३ रुपैयाँ छ भने सानिमा माई हाइड्रो पावरको प्रतिकित्ता २०० रुपैयाँ छ । यीनै सबैभन्दा धेरै राम्रो सेयर मूल्य भएका जलविद्युत् कम्पनीहरु । अन्यको हालत त दर्दनाक छ ।निजी क्षेत्रले बनाएका साना जलविद्युत आयोजनाहरु भूकम्प पछाडि समस्यामा छन् । खोलामा पानीको सतह घटेको र आयोजना रुग्ण अवस्थामा पुगेको भन्दै उनीहरुले आफूहरु वित्तिय जोखिममा परेको बताउने गरेका छन् । ऊर्जा मन्त्रालय भने निर्माणको क्रममा हाइड्रो इन्जिनियरिङको पक्षमा बेवास्ता गर्दा यस्तो अवस्था आएको बताउँछ ।

प्रतिकृया दिनुहोस

नर्सिङ शिक्षा: गुणस्तरहीन कलेज, कमजोर उत्पादन

काठमाडौं –    चितवन एकेडेमी फर टेक्निकल एजुकेसन प्रालिबाट परीक्षामा ९ जना सहभागी। तर, ९ जना नै फेल। –    बुटवलस्थित देउराली जनता प्राविधिक

आवश्यक मात्रामा छैनन् रेडिसयन थेरापीका उपकरण, बिरामीले लामो समय पर्खनु पर्ने बाध्यता

काठमाडौं –  क्यान्सर रोगको प्रभावकारी उपचार पद्धति मध्येको एक हो – रेडियसन थेरापी अर्थात् विकिरण पद्धति। तर, नेपालमा यसको उपकरण पर्याप्त

महिनैपिच्छे बढ्दै कुष्ठरोगी

जिल्लामा कुष्ठरोगीको सङ््ख्या महिनैपिच्छे बढिरहेको छ । गएको सात महिनामा चारजना नयाँ कुष्ठरोगीको सङ्ख्या थपिएको छ । अहिले जिल्लामा सातजना कुष्ठरोगी