• शुक्रबार ११-२३-२०७६/Friday 03-06-2020

गर्लफ्रेन्डका भाइले हाले धनाढ्य बेजोसबिरुद्ध मुद्धा

सन–फ्रान्सिस्को – अमेजनका संस्थापक जेफ बेजोसकी गर्लफ्रेन्ड लरेन सांचेजका भाइ माइकल सांचेजले बेजोसको बिरुद्ध मानहानीको मुद्धा दर्ता गराएका छन् । बेजोसले लरेनसँगको उनको तस्बिर तथा मेसेज माइकलले चुहाएको आरोप लगाएका थिए ।

माइकलले यो आरोपलाई गलत भएको बताएका छन् । आरोपका कारण आफ्नो बदनामी भएको माइकलले बताएका छन् । उनको घरमा एफबीआईले छापा पनि मारेको छ ।

यसै कारणले छिमेकीका सामु आफ्नो छवी खराब भएको उनले बताए । अमेरिकी म्यागेजिन नेशनल इनक्वायररले गत वर्ष जनवारीमा बेजोस तथा लरेनको तस्बिरसँगै उनको अफेयरको खुलासा गरेको थियो ।

जब बेजोस र लरेनको तस्बिर लीक भएको थियो उक्त समयमा एक जिम्मेवार भाइ र मेनेजरको भूमिका आपूmले निर्वाहा गरिरहेको माइकलले बताए । लीकको घटनामा आफ्नो हात नभएको उनले बताए ।

गत साता वाल स्ट्रिट जर्नलले माइकललाई नेशनल इन्क्वायररबाट २ लाख डलर प्राप्त भएको समाचार प्रकाशित गरेको थियो । सरकारी वकलिसँग लरेनले आफ्ना भाइ माइकललाई मेसेज उपलब्ध गराएको प्रमाण आफूसँग भएको बताएका छन् ।

लरेनले बेजोसको बिरुद्धको मुद्धा आधारहीन भएको बताएकी छन् । बेजोसको फोटा लीक मामिलामा २ साता पहिले यस्तो मोड आयो, जब बेलायतको अखबार द गार्जियनले बेजोसेको फोन ह्याक गर्नुमा साउदी अरबका युवराज मोहम्मद बिन सलमानको हात हुन सक्ने समाचार प्रकाशित गरेको थियो । यद्यपि साउदी अरबले यो आरोप अस्वीकार गरेको छ ।

विश्वकै धनी जेफ बेजोसका पूर्व पत्नी म्याकेन्जीले गत वर्ष सम्बन्ध विच्छेद गरेकि थिइन् । नेशनल इनक्वायररले भनेको थियो कि लरेनसँग सम्बन्धमा रहेका कारण बेजोसले सम्बन्ध विच्छेदको फैसला लिएका थिए । यसपछि बेजोसले नेशनल इनक्वायररमाथि ब्ल्याकमेल तथा उत्पीडनको आरोप लगाएका थिए ।

प्रतिकृया दिनुहोस

कोरोना भाइरसको प्रतिबन्ध छल्दै चिनियाँ विद्यार्थी अस्ट्रेलया पुगे !

एजेन्सी – चिनियाँ विद्यार्थीहरु कोरोनाभाइरसको भ्रमण प्रतिबन्ध छलेर अस्ट्रेलिया पुगेका छन् । यसले हजारौको स्वास्थ्य जोखिममा परेको डेली मेलले

कोरोना भाइरस नियन्त्रणमा सहयोग नगर्नेलाई कारबाही गर्ने राष्ट्रपति सीको चेतावनी

काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोना भाइरसको महामारी रोक्न सहयोग नगर्नेलाई कडा कारबाही गरिने चेतावनी दिएका छन् । कम्युनिष्ट पार्टीका

असी वर्ष लामो इतिहास बोकेको बीबीसी हिन्दी सेवा बन्द

बीबीसी ।  भारतको लोकप्रिय रेडियो बीबीसी हिन्दी सेवा बन्द भएको छ । जनवरी ३१ तारिखमा अन्तिम कार्यक्रम गर्दै रेडियो बन्द भएको हो । सन् १९४० को मे ११