• शनिबार ११-२४-२०७६/Saturday 03-07-2020

धनकुटामा सिडियो र एसपी नै सार्वजनिक यातायातको अनुगमनमा निस्के

धनकुटा । स्थानीय प्रशासनले यातायातका साधनमा अनुगमन तीव्र बनाएको छ । सवारी साधनमा ज्येष्ठ नागरिकप्रति अपमान बढेको गुनासो आएपछि धनकुटाको स्थानीय प्रशासनले अनुगमन गर्न थालेको हो ।

ज्येष्ठ नागरिकले सवारीसाधनमा सरकारले दिने भनेको छुट तथा आरक्षण खोज्दा अपमानित हुनुपरेको गुनासो बढेपछि अनुगमन सुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुर्दशन कोइरलासहितको टोली आफै सडक पुगेर अनुगमन सुरु गरेका छन् ।

अनुगमनको क्रममा सवारी साधनमा आरक्षण सिट राखे नराखेको, आरक्षण सिटमा सम्बन्धित मानिसलाई राखे नराखेको, जेष्ठ नागरिकले पाउने छुट दिए नदिएको विषयमा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

अनुगमन टोलीले आरक्षण सिटमा सम्बन्धित मानिसलाई मात्र राख्न र जेष्ठ नागरिकले पाउने छुट दिन व्यवसायीहरुलाई सचेत गराएर सवारी साधन छोडिएको छ ।जेष्ठ नागरिकले सरकारले सार्वजानिक यातायातमा दिने भनिएको ५० प्रतिशत भाडा छुट नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटामा केही समय अगाडी ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिकृया दिनुहोस

भोजपुरमा घुससहित सव इञ्जिनीयर रङ्गेहात पक्राउ परे

भोजपुर । घुससहित सव इञ्जिनीयर पक्राउ परेका छन् । आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट पाँच

ताप्लेजुङको ओलाङ्चुङ्गोला नाका बन्द

ताप्लेजुङ । कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनले ताप्लेजुङको ओलाङ्चुङ्गोला नाका बन्द पनि गराएको छ । कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी

एमसिसीलाई अतिरञ्जित र प्रायोजित बनाइयो : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, २१ माघ : २०७६परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसी विरुद्ध बाहिर आएका कुराहरु अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताउनुभएको छ