• शनिबार ११-२४-२०७६/Saturday 03-07-2020

ताप्लेजुङको ओलाङ्चुङ्गोला नाका बन्द

ताप्लेजुङ । कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनले ताप्लेजुङको ओलाङ्चुङ्गोला नाका बन्द पनि गराएको छ । कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै चीनले नाका आवातजावत बन्द गराएको हो ।

यही माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न नगराउन जानकारी भएको फक्ताङलुङ गाउँपालिका–७, ओलाङ्चुङ्गोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए ।

सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको उनले बताए ।

‘आफ्नो देशमा कोरोना भाइरसको संक्रमण फैलिएको र आवतजावतका कारण अन्यत्रसमेत फैलनसक्ने भन्दै यसबाट बच्न केही समयसम्मका लागि आवतजावतमा रोक लगाइदिन भनेर रिउ प्रशासनबाट अनुरोध भएको छ र हाल आवतजावत पनि भएको छैन,’ वडाध्यक्ष शेर्पाले भने ।

नाका बन्द हुँदा एक–दुई महिनासम्म कुनै समस्या नहुने तर त्यो भन्दा पछि वर्षाको समयमा पनि बन्द नै रहे समस्या हुने गाउँपालिकाका प्रवक्तासमेत रहेका शेर्पाको भनाइ छ । वर्षाको समयमा याङ्मा, थुदाम, ओलाङ्चुङ्गोला र तोक्पेगालावासी दैनिक उपभोग्य सामग्रीका लागि चिनियाँबजारकै भरमा रहने गरेका छन् । वर्षामा बाढीपहिरोलगायतका कारण त्यहाँका बासिन्दा सदरमुकाम फुङ्लिङ्सम्म आइपुग्न सक्दैनन् ।

प्रतिकृया दिनुहोस

भोजपुरमा घुससहित सव इञ्जिनीयर रङ्गेहात पक्राउ परे

भोजपुर । घुससहित सव इञ्जिनीयर पक्राउ परेका छन् । आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट पाँच

धनकुटामा सिडियो र एसपी नै सार्वजनिक यातायातको अनुगमनमा निस्के

धनकुटा । स्थानीय प्रशासनले यातायातका साधनमा अनुगमन तीव्र बनाएको छ । सवारी साधनमा ज्येष्ठ नागरिकप्रति अपमान बढेको गुनासो आएपछि धनकुटाको स्थानीय

एमसिसीलाई अतिरञ्जित र प्रायोजित बनाइयो : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, २१ माघ : २०७६परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसी विरुद्ध बाहिर आएका कुराहरु अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताउनुभएको छ