• शनिबार ११-२४-२०७६/Saturday 03-07-2020

भोजपुरमा घुससहित सव इञ्जिनीयर रङ्गेहात पक्राउ परे

भोजपुर । घुससहित सव इञ्जिनीयर पक्राउ परेका छन् । आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट पाँच हजार घुस लिँदै गर्दा सोमबार अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

राईले गाउँपालिकामा सञ्चालनमा रहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफारक गरिदिने भन्दै घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ ।

राईलाई घुस लिँदै गर्दा सोही गाउँपालिकाको वडा नं ७ देवान्टारको हर्दिला भन्ने ठाउँबाट नियन्त्रण लिएर अनुसन्धान थालेको हो ।

त्यस्तै गत माघ महिनामा भूकम्प पीडितसँग अन्तिम किस्ताको रकम लिन आवश्यक कागजात मिलाइदिन्छु भन्दै घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेका भोजपुर नगरपालिकामा कार्यरत सवइञ्जिनीयर प्रकाश तिवारीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ ।

तिवारी सेवाग्राहीसँग छ हजार घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेका थिए । तिवारीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुने ठहर भएकाले मुद्दा दायर गरिएको जनाइएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

रासस

प्रतिकृया दिनुहोस

ताप्लेजुङको ओलाङ्चुङ्गोला नाका बन्द

ताप्लेजुङ । कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनले ताप्लेजुङको ओलाङ्चुङ्गोला नाका बन्द पनि गराएको छ । कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी

धनकुटामा सिडियो र एसपी नै सार्वजनिक यातायातको अनुगमनमा निस्के

धनकुटा । स्थानीय प्रशासनले यातायातका साधनमा अनुगमन तीव्र बनाएको छ । सवारी साधनमा ज्येष्ठ नागरिकप्रति अपमान बढेको गुनासो आएपछि धनकुटाको स्थानीय

एमसिसीलाई अतिरञ्जित र प्रायोजित बनाइयो : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, २१ माघ : २०७६परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसी विरुद्ध बाहिर आएका कुराहरु अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताउनुभएको छ