• शनिबार ११-२४-२०७६/Saturday 03-07-2020

विराटनगरमा जारी ‘विराट एक्स्पो’ मा ४ दिनमा, ५ करोड बढीको कारोबार

विराटनगर । विराटनगर–२ स्थित शंकरपुरमा जारी विराट एक्स्पोमा कृषिका स्टलहरूमा राखिएका नौला उत्पादनहरूमा उपभोक्ताले रुची देखाएका छन् ।
उद्योग संगठन मोरङले आयोजना गरेको एक्स्पोमा राखिएका एबोकाड, खरायो, अर्गानिक तरकारी, चिया लगायतका कृषि उपजमा उपभोक्ताको आकर्षण देखिएको छ । खरायो हेर्न र पालन गर्न आउनेहरू धेरै रहेको उदयपुरबाट खरायोको स्टल लिएर आएका हेमन्त भण्डारीले बताउनुभयो ।विशेषगरी खरायो मासुका लागि पालन गरिने भए पनि नेपालमा खरायोको मासुका फाइदाका विषयमा उपभोक्तालाई ज्ञान नहुँदा खरायोलाई सौन्दर्यका लागि मात्रै पाल्ने चलन रहेको उनले बताए । विगत एक वर्षदेखि व्यवसायिक रुपमा खरायो पालन गर्दै आउनजुभएका भण्डारीले खरायो पालनबाट राम्रो आमदानी गर्न सकिने संभावना रहेको बताए ।खरायोमा मात्रै हैन चियाका स्टलमा पनि उपभोक्ताको रुचि उत्तिकै छ । विशेषगरी ग्रीन टीका विषयमा उपभोक्ताको धेरै चासो देखिएको विराटनगरका व्यवसायी समिर आचार्यले बताए । आचार्यका अनुसार ग्रीन टीका थुप्रै फाइदा रहेकाले पनि उपभोक्तालाई ग्रीन टीका विषयमा जानकारी दिनु आवश्यक रहेको बताउनु भयो । धनकुटाबाट ल्याइएको एबोकाडो किन्न उपभोक्ताले हानाथाप नै गरेको व्यवसायी हर्क राईले बताए । उनले प्रदर्शनीका लागि ल्याएको एबोकाडो बिक्रि भइसकेको छ । एबोकाडोको माग धेरै भए पनि आफूसँग बिक्रिका लागि थप एवोकाडो नभएको उनले बताए । मोरङको सिंहदेवीका चिया उद्योगी नारायण राईका अनुसार अर्गानिक, चिया र तरकारीको बारे जान्न र बुझ्न आउनेको धेरै भीड रहेको छ ।एक्स्पोमा कृषिका नयाँ उत्पादन हेर्न मात्रै नभई स्वस्थ्यका लागि उपयोगी ज्ञानसमेत पाइएको उपभोक्ता शम्भु राजवंशीले बताए । यता एक्स्पोमा राखिएका कृषिजन्य उपजका स्टलहरूमा उपभोक्ताको रुचि देखिएको प्रचार समिति संयोजक नन्दकिशोर राठीले बताए । विशेषगरी नयाँ खालका एबोकाडो, किवीलगायतका कृषि उपजमा उपभोक्ताको रुची देखिएको छ । राठीले हालसम्म ५ करोड बढीको कारोबार भइसकको र दैनिक २० हजार बढीले एक्स्पोको अबलोकन गर्दै आएको बताउनु भयो ।
बालबालिकाका लागि राखिएको मनोरञ्जनका खेलबाट बालबालिकाले मज्जा लिएका छन् । जुत्ता र कपडामा बजार भाउभन्दा छुट पाएकाले उभोक्ताको आकर्षण भएको हो । दैनिक कलाकारले साँगीतिक कार्यक्रम गर्दै आएका छन् ।मेलाको अर्को आकर्षण हेलिकोप्टरबाट विराटनगर बजारको दृश्यावलोकन गर्ने धेरै रहेका थिए । होराइजन होलिडेले हेलिकोप्टरको व्यवस्थापन गरेको छ । उसले मेलाबाट पाथीभरा दर्शनको ५० हजार, हलेसी दर्शनको ४५ हजार र विराटनगर बजार दृश्यावलोनको ७ हजार ५ सय रुपैयाँमा सेवा प्रदान गर्दै आएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

विराट एक्स्पोको दोस्रो दिन शनिबार दर्शकको अत्याधिक घुइँचो

विराटनगर । उद्योग संगठन मोरङले ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ विराटनगरमा ‘विराट एक्स्पो’ आयोजना

विराटनगर–पोखरा उडान शुरु, १ घण्टा ५ मिनेटमा पोखरा पुग्न सकिने

विराटनगर । बुद्ध एयरले बिराटनगरबाट पोखरा उडान शुरु गरेको छ । पहिलो उडान पोखराबाट विराटनगरको लागि बिहान ११ बजे ४५ मिनेटमा भएको थियो । करिब १ घण्टा ५

मोरङका सन्थाल समुदायले दिसोम सोहराय पर्ब मनाए, रंगेलीमा २५ जना झाँक्री भेला

रबिन्द्र बराल रंगेली । सन्थाल समुदायको दिसोम सोहराय पर्व संरक्षण अभियान शुरु भएको छ । रंगेली नगरपालिका ४ का सन्थाल समुदायले यो पर्बको संरक्षणको काम