देवानगंज गा पा भित्रिने प्रमुख प्रवेश द्धारमा कोरोना हेल्प डेक्स
.jpeg)
देवानगंज, २९ फाल्गुन : छिमेकी देश चीनबाट शुरु भएको कोरोना भाइरस कोभिड -१९ संक्रमणबाट जोगिन भारत सँग सिमा जोडिएको सुनसरी देवानगंज गाउँपालिकाको कोउवाँखोज छोटी भन्सार र सहेवगंज छोटी भन्सार गरि दुई स्थानमा हेल्प डेक्स स्थापना गरिएको हो । विहिवार देवानगंज गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि छिमेकी देश भारत सँगै सीमा जोडिएको नाकाहरुबाट देवानगंज गाउँपालिका भित्रिने प्रमुख प्रवेश द्धारमा सरोकारवलाहरुको उपस्थितीमा गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले हेल्प डेक्सको उद्घाटन गर्नुका साथै स्वास्थ्य जाँचका लागि उपकरण समेत प्रदान गरेको हो ।
कोरोनावारे वडा स्तरमा पनि सचेतना कार्यक्रम गर्नुका साथै आवश्यक्ता अनुसार सिमा सुरक्षा पौष्टमा कार्यरत सशस्त्र प्रहरी र नेपाल प्रहरी सँगको सहकार्यमा हेल्प डेक्सलाई अझ ब्यवस्थित र प्रभावकारी बनाउदै लगिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलौचन न्यौपानेले बताए ।
यस हेल्प डेक्स स्थापना सँगै प्रचारप्रसारको भूमिका निर्वाह गर्न मिडिया पार्टनरको रुपमा रहेका रेडियो नागरिक १००.४ मेगाहर्जका प्रवन्ध निर्देशक अरविन्द मेहताका अनुसार यो रोग स्वासप्रस्वासबाट फैलने मात्र नभई हात मिलाउँदा, नजिकै बस्दा,हिड्दा समेत हावाका माध्यमबाट सर्ने भएकोले सतर्कता अपनाउन निर्देशक मेहताले सबैमा आग्रह गरे ।
देवानगंज गापाका स्वास्थ्य संयोजक उमेश प्रसाद मेहताले कोरोना भाईरसले विश्वभर विकराल रुप लिएकाले यसबाट सबै सचैत हुन आ-आफ्नो क्षेत्रबाट बच्ने उपायवारे पर्चा, पम्पलेट वितरणमा सहयोग गर्न र ग्रामिण क्षेत्र भएकोले सरसफाईमा ध्यान दिन समेत आग्रह गरे ।
भारतबाट आउने ब्यक्तिको स्वास्थ्य परिक्षण गर्ने उद्धेश्यले स्थापना गरिएको हेल्प डेक्स उदघाटन कार्यक्रममा गापाका उपाध्यक्ष पुनिता देवी यादव,वडाअध्यक्षहरु मजलुम अंसारी,चन्देश्वर मेहता,अशोक यादव,देवानरायण मेहता,बद्री यादव विओपी कप्तानगंजका ईन्सपेक्टर श्यामवावु यादव लगायतको उपस्थितिरहेको थियो । उक्त कार्यक्रममा माक्स समेत वितरण गरिएको गापाका योजना प्रमुख प्रसन्नधोज कार्कीले बताए ।
.jpeg)
भगिनी साइनो जोड्दै गाउँपालिका
जिल्लाको ताराखोला गाउँपालिकाका घरवास (होमस्टे) सञ्चालक गत महिना तनहुँ, बन्दीपुरको भ्रमणमा निस्के । ‘पहाडकी रानी’ उपमाले चिनिने बन्दीपुर पुगेका

सहमतिमा नामकरण टुङ्ग्याउँदै प्रदेश नं १
प्रदेश नं १ को नामकरण प्रदेशसभाको आगामी पाँचौँ अधिवेशनले टुङ्ग्याउने सम्भावना देखिएको छ । नामकरण गर्दा पहिचान देखिने र द्वन्द्व मेटिने किसिमको

जडीबुटी जाम हटाउन लेन थपिँदै
कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम
प्रतिकृया दिनुहोस