• शुक्रबार ११-२३-२०७६/Friday 03-06-2020

हिसान फुटबलको उपाधि विराटनगरको सिटी कलेजलाई

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आयोजना गरेको आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत भएको फुटबलको उपाधि विराटनगरको सिटी कलेजले जितेको छ ।शुक्रवार सम्पन्न भएको फाइनलमा कोशी मल्टीपल कलेजलाई २–१ को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेल शुरु भएको ११ औं मिनेटमा कोशीका अभिशेक श्रेष्ठले गोल गर्दै कोशीलाई पहिलो सफलता दिलाएका थिए । गोलको चौथौ मिनेपछि सिटीका विमल राईले गोल गर्दै बराबरीमा ल्याएका थिए ।पहिलो आफ बराबरी खेलेको सिटीले ७१ औं मिनेटमा सन्तोष श्रेष्ठले गोल गर्दै सिटीको जित सुनिश्चित गरे । फाइनल खेलको म्यान अफ द फाइनल सिटीका विमल राई घोषित भए भने प्रतियोगिताको उत्कृष्ट खेलाडी कोशी क्याम्पसका प्रविन राई घोषित भए । प्रतियोगिताको अबधिमा ५ गोल गर्दै सिटीका सन्तोष श्रेष्ठ हाइस्कोर घोषित भए । फुटबलको उपविजेत बनेको कोशीले क्रिकेट , भलिबलको छात्र तथा छात्रा दुवैतर्फको उपाधि जितेको छ ।
विजयी तथा अन्य खेलाडिहरुलाई प्रमुख अतिथि विराटनगर महानगरपाललिकाका प्रमुख भीम पराजुली, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज पाण्डे, केन्दीय महासचिव लोक भण्डारी, डिग्री क्याम्पस विराटनगरका क्याम्पस प्रमुख महेश खत्री, हिसान मोरङका अध्यक्ष राजेश कार्की र वरिष्ठ उपाध्यक्ष अमित ढकाललगायतले पुरस्कार वितरण गरे ।

प्रतिकृया दिनुहोस

रंगशाला निर्माणका लागि सन्दीपले एक विकेट बराबर ८ हजार ८४८ रुपैयाँ सहयोग गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले चितवनमा निमार्णाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

१९ माघ, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दशौं चरणका दुई खेल हुँदैछन् । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ

विराटनगरमा उद्योग संगठनले मैत्रीपुर्ण सुपर सिक्स क्रिकेट गराउदै

विराटनगर । बिराटनगरमा हुने बिराट एक्सपोको पुर्बसन्ध्यामा मैत्रीपुर्ण सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । फागुन २ गते देखि उद्योग संगठन